वीरगञ्ज : जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले नजिकिदै गरेको नेपालीहरूको महान् चार्डपर्वमा जिल्लाबासीहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रजिअ सुवेदीले आईतबार जिल्ला प्रशासन कार्यालयमार्फत एक सूचना जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो । महान् पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वलाई शान्तिपूर्ण, सभ्य र व्यवस्थित ढंगले मनाउन सवैमा आग्रह गरेका छन ।
जिल्लाको शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न सबैलाई सहयोग गर्न आह्वान गर्दै प्रमुख जिल्ला अधिकारीे सुवेदीले सूचना मार्फत पर्सावासी लगायत सवैलाई नेपालीहरुको सवै पर्वका अवसरमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिका शुभकामना व्यक्त समेत गर्नुभएको छ ।
पर्व मनाउँदा परम्परादेखि चलिआएको मठ–मन्दिर तथा धार्मिक स्थलहरूमा अत्यधिक भीडभाड नगरी व्यवस्थित रूपमा पूजा–आराधना गर्न प्रजिअ सुवेदीले जारी गरेको सूचनामा आग्रह गरिएको छ। त्यस्तै, भीडभाड हुने स्थानमा गरगहना नगर्न, व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्न र कसैको मान–इज्जतमा आघात पुग्ने काम नगर्न सवैलाई सचेत समेत गराइएको छ।
उहाले यसैसन्र्दभ पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज लगायत अन्य क्षेत्रहरुमा अझै पनि झाडापखाला तथा हैजा महामारीको जोखिम रहेकाले जनाउदै चाडपर्वहरुमा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ। यसैगरी चाडपर्वका समयमा हुनसक्ने चोरी डकैती, हुलदंगा वा अन्य आपराधिक क्रियाकलापबाट जोगिन विशेष सतर्कता अपनाउनेर तथा यस्ता गतिविधी भएको जानकारी आए तुरुन्त नजिकको सुरक्षा निकायलाई खबर गर्न जिल्लावासीलाई आग्रह गरिएको छ ।


