जीतपुरसिमरा लायन्स क्लव अफ सिमरा जागरण गठन

रञ्जन यादव
488 पाठक संख्या

सिमराका युवा व्यवसायी शिव पौडेलको नेतृत्वमा जीतपुरसिमरा उपमहानगरमा लायन्स क्लव अफ सिमरा जागरण गठन गरिएको छ ।

नवगठित क्लवको अध्यक्षमा पौडेल,प्रथम उपाध्यक्षमा नारायण प्रसाद घिमिरे,दोश्रो उपाध्यक्षमा विनोद सापकोटा चयन भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा राजदास श्रेष्ठ, सचिवमा अजित खतिवडा, सदस्यहरुमा रामचन्द्र लामा, किशोर त्रिपाठी, रमेश थापा, किसन थापा, सरोज भट्ट लगाएत २० सदस्य रहेका छन् ।

कार्यक्रममा लायन्सका बिभिन्न अग्रजहरुको उपस्थिती रहेको थियो । लायन्सका डिस्टिक गर्भनर देवकी नन्दन अग्रवाल, लायन्सका रमेश अग्रवाल,मुकुन्द बहादुर क्षेत्री लगाएतका अग्रजहरुको उपस्थितीमा २० सदस्यीय नयाँ लायन्स क्लव अफ सिमरा जागरण परिवार गठन भएको हो ।

फोटोः कार्यक्रममा सहभागिहरु

Leave a review

This will close in 0 seconds