बारा : बाराको सिमरा स्थित इलाका प्रहरी कार्यालयबाट फरार भएका थुनुवा महेश चौधरीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
आइतबार साँझ ८ बजे डुमरवानाबाट प्रहरीले पुन पक्राउ गरेको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
माघ ९ गते सिमराबाट पक्राउ परेका चौधरीलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा थिए ।फोहोर फ्याँक्ने क्रममा प्रहरीको निगरानीबाट उम्किन उनी सफल भएका थिए ।
फरार भएपछि प्रहरीले उनको खोजीलाई तीव्र बनाएको थियो। ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक सुभद्र वाईबाको नेतृत्वमा २५ सदस्सीय खोजतलाश टोली गठन गरिएको थियो ।
पक्राउ परेका १९ बर्षिय महेश चौधरी जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ का बासिन्दा हुन् ।

