वीरगञ्जको यातायात कार्यालयमा राज्यमन्त्री सिँहद्वारा अनुगमन

राम मण्डल
527 पाठक संख्या

यातायात ब्यावस्था कार्यालय वीरगञ्जमा मधेस प्रदेशका श्रम तथा यातायात राज्यमन्त्री चन्दन सिंहले अनुगमन गरेका छन ।

शुक्रबार कार्यालयको अनुगमन गर्दै उनले कार्यालयलाई डिजिटलाईजेशन बनाईने बताएका छन । यातायात कार्यालयको लाईसेन्स र सवारी शाखा दुबै कार्यालयको अनगुमन गर्दै राज्यमन्त्री सिँहले कार्यालयमा भएका फाईलहरुको अवस्था दयनिय भएको बताए ।उनले चाँडै नै यातायात कार्यालय वीरगञ्जको लागि नयाँभ वना बनाईने बताए ।वीरगञजमै कार्यालयको लागि जग्गा खोजिसकिएको तथा त्यहाँ ताराबार लगाउने कार्यसमेत गरिसकिएकोले भवन पनि चाँडै निर्माण हुने जिकरि गरे ।

मन्त्री सिँहले प्रदेश सरकारले छिटै नै बजेटको ब्यावस्था गरेर स्मार्ट कार्ड छपाई तथा बितरणको कार्य गर्ने बताउदै त्यसका लागि ३० करोड रकम छुटयाइएको जानकारी दिए ।उनले प्रदेशले आफैले स्मार्ट छाप्ने मेशिन र बितरणको प्रक्रिया शुरु गर्न गईरहेको पनि बताए ।

सेवाग्राहीहरुको काम छिटो छरितो होस भनेर प्रदेश सरकारले आठवटै जिल्लामा यातायात कार्यालयका शाखा खोलेर काम अघि बढाएको मन्त्री सिँहको भनाई थियो ।अनगुमनको क्रममा कार्यालयका कर्मचारीले बितेको र चालु आर्थिक बर्षमा प्रदान गरेको सेवा र उठाएको राजश्वको बारेमा मन्त्री सिँहलाई जानकारी गराएका थिए ।

Leave a review

This will close in 0 seconds