पर्सा प्रहरीले जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाबाट गाजा सहित एक जनालाई पक्राउ गरेको छ ।
पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ भथौडा बस्ने अमित कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
गाँजा लुकाइ छिपाइ राखिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा चौधरीको गाईगोठबाट गाँजा बरामद भएको थियोे ।
प्रहरीले गोठको भुषमा लुकाइ छिपाइ राखिएको गाँजा ७ पोकामा २२ के.जी.४९० ग्राम बरामद गरेको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।
गाँजा बरामद भएपछि चौधरीलाई पक्राउ गरि उनि विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


