निजगढमा तीन दिनमै ३४५ जनाको मोतिबिन्दु शल्यक्रिया

साझेदारी दैनिक
324 पाठक संख्या

निजगढ : तिलगंगा आँखा अस्पतालले बाराको निजगढमा सञ्चालन गरेको तीन दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिवीर शुक्रबार सम्पन्न भएको छ।

डा. सागर रुइतको नेतृत्वमा पाँच विशेषज्ञ चिकित्सकको टोलीले शिवीरमा बारा र रौतहटका विभिन्न गाउँबाट आएका तीन सय ४५ जनाको सफल शल्यक्रिया गरेको हो। सो शिवीरमा दृष्टि धमिलो भएका र अन्धोपनको अवस्थामा पुगेकासम्मका बिरामीले प्रत्यक्ष लाभ पाएको जनाइएको छ। ।

महोत्तरीका महेन्द्रकुमार सोनीले अँध्यारोमा बाँचेजस्तो लागेकोमा शल्यक्रिया पछि स्पष्ट देख्न पाउँदा नयाँ जीवन पाएजस्तो महसुस भएको उनले जनाए। शिबिर अवधिभर बिरामीलाई पौष्टिक खाना (जाउलो) प्रभु बैंकले उपलव्ध गराएको हो। आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जाउलो बैंकले उपलब्ध गराएको हो।

यस्तै, ‘राष्ट्रका लागि योगदान संस्था’का स्वयंसेवकले शिबिरमा सहयोग गरेका थिए। मधेस प्रदेशमा मोतिबिन्दुका बिरामी धेरै भए पनि आर्थिक अभावका कारण उपचार गर्न नसक्ने समस्या रहेको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालका इन्चार्ज दीपक सुवेदीले जनाए।

यस्तो अवस्थालाई दृष्टिगत गर्दै अस्पतालले नियमित रूपमा निःशुल्क शल्यक्रिया शिबिर सञ्चालन गर्दै आएको छ, जनाए। आँखाको उज्यालो हराइसकेका सयौँलाई फेरि उज्यालोमा ल्याएको आयोजकको दाबी रहेको छ।

Leave a review