भन्सार छलीको ५१ लाख बरावरको कम्प्युटरका पार्टसहरू बरामद

राम मण्डल
276 पाठक संख्या

पर्सा प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छली ल्याइएको ५१ लाख भन्दा बढीको कम्प्युटर,ल्यापटप तथा कम्प्युटरका पार्टसहरू आईतवार बरामद गरेको छ ।

अबैध सामान भण्डारण गरिएको सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–५ स्थित एडए कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहको घरमा खानतलासी गरेको थियो ।

सिंहको घरबाट भन्सार छली ल्याईएको प्रज्ञापनपत्र विल बिनाका ५१ लाख २६ हजार ७ सय बराबरको कम्प्युटर,ल्यापटप तथा कम्प्युटरका पार्टसहरू बरामद गरेको थियो ।

सिंहको घरबाट डेल कम्पनीका ७० थान कम्पयुटर,सिपियु बिनाको ३२ थान सिस्टम,सिपियु सेट ७६ थान,डेल कम्पनीको ल्यापटप ८ थान तथा कम्पयुटरका बिभिन्न सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

बरामद सामानहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

Leave a review