हत्या भएको महिलाको पहिचान अहिलेसम्म खुलेन्

रञ्जन यादव
262 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ को घुसकपुरमा हत्या गरेर फालेको महिलाको शबको पहिचान अहिलेसम्म खुलेन् ।

खर,घाँस झाडीमा बेवारिसे अवस्थामा बिहीबार महिलाको शव फेला परेको थियो । अन्दाजी ३०÷३५ वर्षकी ती महिलाको साथमा परिचय खुल्ने कुनै प्रमाण नभएकाले शवको पहिचान गर्न नसकिएको ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले बताए ।

ती महिलाकको दाहिने हाँतको नाडिमा ग्ल्ग्ः लेखिएको ट्याटु रहेको र दाहिने खुट्टाको गोली गठाको भागमा कालो धाँगा बाधिएको छ । महिलालाई चिन्ने हुनेले ईलाका प्रहरी कार्यालय सिमरामा खबर गर्न अनु्रोध गरिएको छ ।

शव फेला परेको स्थानमा प्रहरीले तालिम प्राप्त कुकुर खटाएर अनुसन्धान गरेको थियो । तराई मूलको जस्तो देखिने शवको अनुहारमा समेत किरा लागिसकेकोले महिलाको पहिचान गर्न कठिनाइ भइरहेको उहाले बताउँनुभयो ।

महिलाको मुखमा समेत दुपट्टाको टुक्राहरू भेटिएको कारण मुख थुनेर सोही दुपट्टाले घाँटी थिची हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

Leave a review

This will close in 0 seconds