परीक्षाको नतिजा विश्लेषण जितपुरमा हुने

संदिप प्रसाद यादव
268 पाठक संख्या

बाराको जितपुर सिमरा उपमहानगरपालिकाले हालै प्रकाशित माध्यमिक परीक्षाको नतिजा विश्लेषण गर्ने भएको छ ।

उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय उर्मिला काफ्लेले बिहीबार एक सूचना जारी गरेर यसबारे जानकारी दिएकी हुन् ।

उपमहानगरपालिकाबाट माध्यमिक परीक्षा २०८० मा सहभागि भएका संस्थागत तथा सामुदायिक विद्यालयलाई नतिजा विश्लेषण कार्यक्रममा आउन भनिएको छ ।

यसरी आउदा विद्यालयको नतिजा सहितको विवरण लिएर आउनुपर्ने भनिएको छ । नतिजा विश्लेषण कार्यक्रम जितपुर सिमरा उपमहानगरपालिकाको सभाहलमा शनिबार राखिएको छ ।

Leave a review