रौतहटमा कार र मोटरसाइकल एक आपसमा ठोकिँदा बुवा-छोरीको मृत्यु

साझेदारी दैनिक
820 पाठक संख्या

रौतहट । करण कुमार मिश्र / रौतहटमा आइतबार बिहान कार र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका ४ पश्चिम लचकामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको कार र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहटको गरुडा नगरपालिका-२ गेडही टोल बस्ने अन्दाजी ६० वर्षीय बलिराम सहनी र सोही मोटरसाइकलमा पछाडि सवार छोरी वर्ष ४० की उर्मिला देवी सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले कार चालक हेटौंडा उपमहानगरपालिका १२ का ४३ वर्षीय कुमार पोख्रेल लाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राइले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमका लागि सरकारी अस्पतालमा राखिएको डिएसपी राइले बताए ।

Leave a review

This will close in 0 seconds