नवौँ राष्ट्रिय स्क्रयाबल प्रतियोगिता सम्पन्न

रञ्जन यादव
374 पाठक संख्या

नवौँ राष्ट्रिय स्क्रयाबल प्रतियोगिता बाराको सिमरामा खेलाडी छनौट गर्दै सम्पन्न भएको छ ।

आगामी माघ ५ र ६ गते काठमाडौँमा हुने अन्तराष्ट्रिय स्क्रयाबल प्रतियोगिताका लागि यहाँबाट २० खेलाडी छनौट गरिएको हो ।

प्रतियागितामा २१ जिल्लाका एक सय २० जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियागिताबाट छनौट भएका २० खेलाडीमध्ये सबै राउण्ड (६ वटै राउण्ड) बाट अंकित बिक राट्रिय बिजेता बन्न सफल भएका छन् । उपविजेता सिमरन अधिकारीले बेष्ट लेडी अर्वाड हात पारिन् ।

प्रतियोगितामा योगेश भारतीले तृतीय स्थान हासिल गरे। चितवन जिल्लाको अंकुरम एकेडेमीका निराजन पौडेल योंगेष्ट प्लेयर सबैभन्दा कम उमेर)का खेलाडी घोषित भए ।प्रतियोगिताबाट बारा जिल्लाका चार विद्यार्थी अन्तराष्ट्रिय स्क्रयाबल खेलका लागि छनौट भएका छन् ।

बारा जिल्ला संयोजक भोजराज सुवेदीका अनुसार प्रोग्रेस एजुकेशन एकेडेमीका योगेश भारती र अभय भारती, ब्राइटर एकेडेमीका आशा अधिकारी र राष्ट्रिय विभूतिका सहिफ अन्सारी छनौट भएका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित लोटस एकेडेमी प्रांगणमा आयोजित प्रतियोगितामा विजेता खेलाडीहरुलाई उपमहानगरका प्रमुख राजन पौडेलले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । लोटस एकेडेमीका संस्थापक एवं प्रधानाध्यापक रामप्रसाद अधिकारीको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा स्क्रयाबल क्लबका केन्द्रीय अध्यक्ष केशवप्रसाद पराजुली लगायत विभिन्न जिल्लाका संयोजक, सहयोगी संस्था, स्थानीय सहयोगी हातहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको संचालन लोटस एकेडेमीका शिक्षक रामप्रसाद पोखरेलले गरेका थिए ।

Leave a review

This will close in 0 seconds