जीतपुरसिमरा उपमहानगरपालिकाले आम जनमानसलाई भ्रमित पार्ने गैह जिम्मेवारपुर्ण अभिब्यक्ति मिडियामा दिएको भन्दै सिनियर अहेब अधिकृत प्रबिन कुमार झालाई स्पष्टीकरण सोधेको छ ।
उपमहानगरपालिका वडा नम्बर ७ स्थित प्राथमिक स्वास्थ्य सेवा केन्द्र जीतपुरमा कार्यरत छैठो तहका अधिकृत रहेका झालाई स्पष्टीकरण सोधिएको प्रशासन शाखा प्रमुख रामेश्वर बञ्जाराले जानकारी दिएका छन ।

निजामती सेवा ऐन,२०४९ को दफा ४५ र ४६ तथा राष्ट्रसेवक कर्मचारीको आचरण बिपरित प्राथमिक स्वास्थ्य केन्द्र,जीतपुरको बर्थिङ्ग सेन्टर बन्द गरी दिने,स्वास्थ्य संस्था बन्द गरिदिए हुन्छ, कर्मचारी खटन पटन जस्ता बिषयमा स्थानीय सरकार र स्वास्थ्य संस्था प्रति आम जनमानसलाई भ्रमित पार्ने गैह जिम्मेवारपुर्ण अभिब्यक्ति दिनु भएकाले तपाईलाई के कति कारणले बिभागीय कारवाही गर्नु नपर्ने हो ?
पत्र प्राप्त भएको २४ घण्टाभित्र कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्देशन दिएको प्रशासन शाखा प्रमुख बञ्जाराले बुधबार सोध्नु भएको स्पष्टीकरण पत्रमा उल्लेख छ ।


