बिल बिजक भन्दा बढी खुद्रा समानहरु लोड रहेको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकस्थित सडकखण्डमा ना.३ ख २७७ नम्बरको मालवाहक ट्रकलाई मंगलबार राति नियन्त्रणमा लिएको थियो ।
सो ट्रक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सो विल बिजक संकास्पद देखिएको हुँदा ७९ लाख ५६ हजार रुपैयाँ बराबरको सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिएका छन्।
उक्त ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता थापाले बताए ।

