साउन महिनाको दोस्रो सोमबार कलैयामा भयो महागंगा आरति

साझेदारी दैनिक
295 पाठक संख्या

कलैया : तिथिको अनुसार साउन महिनाको दोस्रो तथा महिनाको हिसाबले पहिलो सोमबारको अवसरमा बाराको कलैया उपमहानगरपालिका–३ भवानीपुरस्थित श्री सिद्धेश्वर मन्दिरको पोखरीमा महागंगा आरति भएको छ।

समाज कल्याण सहयोगी समूह र श्री सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सो आरति भएको हो। आरति कार्यक्रममा एक हजारभन्दा बढी श्रद्धालुहरू सहभागी भएका थिए।

आरति समारोहमा जय दुर्गा भवानी बिजुली पसलका सञ्चालक सुशील जैसवालले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए। बटुक छात्रहरूले धार्मिक मन्त्रोच्चारण,दीप प्रज्वलन र भक्तिभावका साथ आरति सञ्चालन गरेका थिए।

आयोजकका अनुसार साउन महिनाभर प्रत्येक सोमबार साँझ ६ः३० बजे सो मन्दिर परिसरमा महागंगा आरतिको आयोजना हुने छ। आउँदो तेस्रो सोमबारको खर्च कलैया उपमहानगरपालिका–३ का वडा अध्यक्ष मोहन साह कानुले व्यहोर्ने जानकारी दिइएको छ।

Leave a review

This will close in 0 seconds