डुमरवाना दुग्ध सहकारी संस्था लिमिटेडको २८ औँ साधारण सभा तथा अधिवेशनले होमनाथ पण्डितको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन भएको छ ।
संस्थाको अधिवेशन सहितको साधारण सभाबाट तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति र १३ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा नारायाण प्रसाद घिमिरे, सचिव सम्झना चौलागाइँ,कोषाध्यक्ष नीलकण्ठ सापकोटा,सर्व सम्मत हुनुभएको छ ।
त्यसैगरी संचालक समितिकोसदस्यहरुमा चित्रकला बराल,सीता काफ्ले,रामप्रसाद अधिकारी,कुमार पुरी,राजेन्द्रप्रसाद जम्कटेल, सुनिल मैनाली,खिमा कटुवाल भट्टराई,नरबहादुर आले मगर र शिव कुमार कार्की रहनुभएको छ ।
यसैगरी संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजक तेजप्रसाद चौलागाईँ चयन हुनुभएको छ भने रमेश कुमार सापकोटा र सानु वर्तौला सदस्यमा सर्वसम्मत चयन हुनु भएको छ ।
सर्वसम्मत नवनिर्वाचित अध्यक्ष होमनाथ पण्डित जीतपुरसिमरा वडा नम्बर १२ का निर्वाचित वडासदस्य हुनुहुन्थ्यो । उहाँले वडा सदस्यको राजिनामा दिएर स्वीकृत भएपछि सहकारीको नेतृत्व लिनुभएको हो ।


