नारायणी अस्पतालमा फलफूल वितरण

साझेदारी दैनिक
575 पाठक संख्या

वीरगञ्ज । वीरगञ्ज लेडिज सर्कल ३ ले स्थापना दिवसको अवसरमा नारायणी अस्पतालमा फलफूल वितरण गरेको छ।

सर्कलले नारायणी अस्पतालका बिरामी कुरुवाहरुलाई ५५ किलो आम र तीन सय थान केरा वितरण गरेको छ।

लेडिज सर्कल वीरगन्ज ३ का अध्यक्ष ननदनी अग्रवालको अध्यक्षतामा सो कार्यक्रम भएको हो।

सो फलफूल वितरण कार्यक्रममा उपाध्यक्ष निधि जाटिया, सचिव श्रेया रुङटा,कोषाध्यक्ष नेहा अग्रवाल,पुर्वअध्यक्ष खुशबु सिंघानिया लगायतको उपस्थिति थियो।

उक्त अवसरमा लेडिज सर्किलको नेपालमा स्थापना भएको दिनलाइ देशै भर बिभिन्न कार्यक्रमको आयोजना गरि सभ्य एवं भव्य रुपले मनाउने गरिएको जनाइएको छ।

Leave a review

This will close in 0 seconds