काठमाडौंमा जारी भयो ‘जनकपुर घोषणा’मधेस विकासको १५ बुँदे मार्गचित्र

साझेदारी दैनिक
327 पाठक संख्या

नेपाल उद्योग वाणिज्य महासंघ मधेशले काठमाडौमा ‘जनकपुर घोषणा’ सार्वजनिक गरिएको छ । महासंघ मधेश प्रदेशको बोर्ड बैठकबाट पारित भएको उक्त घोषणा लाई शनिवार एक कार्यक्रमवीच सार्वजनिक भएको हो ।

महासघका अध्यक्ष अशोककुमार टेमानीले घोमधेशको विकास, यसका चुनौती र समाधानका उपायहरुबारेमा महासंघको १५ बुँदे घोषणा जारी गरेका हुन् । केके विषय समेटिएका छन् ।

ज्ञापनपत्रमा अद्यौगिक क्षेत्रको स्थापनाः मधेश प्रदेशभित्र बिध्यमान अद्यौगिक कारिडरमा,खास गरी बारापर्सा कारीडरमा स्थानीयहरका साथ बढदै ग्एको विवाद एवं तनावलाई ध्यानमा राख्दै नेपाल सरकारले मधेश प्रदेशको कम्तिमा तिन पायक पर्ने स्थानमा सर्वसुबिधा सम्पन्न अद्यौगिक क्षेत्रको स्थापना गर्नु पर्दछ ।

यस्तै निजगढ एअरपोर्टको निर्माण : विभिन्न बहानामा निजगढ एअरपोर्ट निर्माणको काम रोकिनु समग्र देशकै लागि दुर्भाग्यपूर्ण हुनेछ । यसर्थ सो निर्माण काममा देखा परेको कानुनी बाधाअडचन फुकाई यथासिघ्र सो एअरपोर्ट निर्माणको काम अगाडि बढाउनु पर्दछ ।

जस्ता विषयहरुलाई समेटिएर घोषणा जारी गरिएको महासंघले जनाएको छ ।

Leave a review