इस्लामी संघ बारा शाखाद्धारा सिमरा स्थित कोरोना अस्थाई अस्पतालमा बसेका बिरामीका लागी ‘हाइजेनिक किट’ तथा खाद्यान्न सामग्री बितरण गरेका छन् ।
जीतपुरमा रहेको इस्लामी संघको शाखा कार्यालयले शनिबार साँझ अस्पताल परिसर अगाडी अस्पतालका डाक्टरहरुलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।
उनीहरुले ‘हाइजेनिक किट’ मा स्यानिटाइजर , सामुन, मास्क बितरण गरेका छन्भने खाद्यान्न समाग्रीमा च्यावनप्रास, फ्रुटी, ग्लुकोज, चाउचाउ, बिस्कुट, फलफुल आदी २० जना कोभिड बिरामीका लागी छुट्टाछुट्टै प्याकेज बनाएर हस्तारन्तरण गरेका हुन् ।
इस्लामिक संघ बाराका अध्यक्ष जिक्रुल्ला अन्सारी, सदस्यहरु महम्मद रेयाज, अरमान हास्मी लगाएतको टोलीले सो सामग्री अस्पतालमै पुगी बितरण गरेका हुन् ।
उनीहरुले यो महामारी नियन्त्रणमा लाग्ने डाक्टरहरुलाई धन्यवाद दिँदै संक्रमितको शिर्घ स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।