इस्लामी संघद्धारा कोरोना अस्पताल सिमरालाई हाइजेनिक किट बितरण

साझेदारी दैनिक
668 पाठक संख्या

इस्लामी संघ बारा शाखाद्धारा सिमरा स्थित कोरोना अस्थाई अस्पतालमा बसेका बिरामीका लागी ‘हाइजेनिक किट’ तथा खाद्यान्न सामग्री बितरण गरेका छन् ।

जीतपुरमा रहेको इस्लामी संघको शाखा कार्यालयले शनिबार साँझ अस्पताल परिसर अगाडी अस्पतालका डाक्टरहरुलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

उनीहरुले ‘हाइजेनिक किट’ मा स्यानिटाइजर , सामुन, मास्क बितरण गरेका छन्भने खाद्यान्न समाग्रीमा च्यावनप्रास, फ्रुटी, ग्लुकोज, चाउचाउ, बिस्कुट, फलफुल आदी २० जना कोभिड बिरामीका लागी छुट्टाछुट्टै प्याकेज बनाएर हस्तारन्तरण गरेका हुन् ।

इस्लामिक संघ बाराका अध्यक्ष जिक्रुल्ला अन्सारी, सदस्यहरु महम्मद रेयाज, अरमान हास्मी लगाएतको टोलीले सो सामग्री अस्पतालमै पुगी बितरण गरेका हुन् ।

उनीहरुले यो महामारी नियन्त्रणमा लाग्ने डाक्टरहरुलाई धन्यवाद दिँदै संक्रमितको शिर्घ स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

Leave a review

This will close in 0 seconds