बारागढी गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन

साझेदारी दैनिक
795 पाठक संख्या

बारागढी गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन भएको छ ।

बाराको बारागढी गाउँपालिका -३ खोपवा स्थित रहेको गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले एक कार्यक्रम बीच शुक्रबार उद्घाटन गर्नु भएको हो ।

बारागढी गाउँपालिका का अध्यक्ष अशोक कुमार जैसवालको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गर्नु भएका थिए ।

उक्त कार्यक्रममा उपाध्यक्ष लक्ष्मी देवी राय,बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा,प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरी,सशस्त्र प्रहरी बाराका प्रमुख टोप बहादुर डाँगी,राष्ट्रिय अनुसन्धान उप- निर्देशक बाराका प्रमुख अभिनय कुमार सिंह,प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौलागाईं,कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद साह,जसपा पार्टी नेपाल बाराका अध्यक्ष रामबाबु यादव,वडा अध्यक्ष,कर्मचारी,जनप्रतिनिधि,सर्वसाधारण र पत्रकारहरु लगायतको उपस्थिति रहेको छ ।

Leave a review

This will close in 0 seconds