तीन थान सालको गोलिया काठ बरामद

साझेदारी दैनिक
355 पाठक संख्या

राष्ट्रिय जँगलबाट कटान गरि राखिएको तीन थान सालको गोलिया काठ पर्सा प्रहरीले बरामद गरेको छ ।

प्रहरीले सखुवा प्रसौनी गाउँपालिकां सखुनियाबाट बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको सालको काठ बरामद गरेको हो ।

अस्थायी प्रहरी पोष्ट मनवा बाट खटिएको प्रहरी टोली र सब वन डिभिजन  कार्यालय  सखुनिया बाट खटिएको सयुक्त गस्ती टोलिले सो काठबरामद गरेको हो ।

बरामद गरिएको काठ चार फिट लम्बाई र ३ फिट गोलाइ भएको तीन थान काठ रहेको छ ।

काठलाई आवश्यक कारवाहीकोको लागि बन कार्यालयमा पठाइएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जानकारी दिएको छ ।

Leave a review

This will close in 0 seconds