कमदारमाथि कुटपिट नभएको संघको भनाई

साझेदारी दैनिक
372 पाठक संख्या

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ७ चैनपुरमा रहेको सुपर ईटा उद्योगका कामदारमाथि कुटपिट गरी भारततर्फ लखेटिएको प्रति बारा पर्सा ईट्टा व्यवसायी संघले ध्यानाकर्षण भएको जनाएको छ ।

केही दिन अघिदेखि बिभिन्न सँचार माध्यममा सुपर ईटा उद्योगमा कार्यरत रहेका कामदारमाथि मानिस लगाएर कुटपिट गरिएको समाचार प्रति सँघको ध्यानाकर्षण भएको जनाएको हो ।

सँघले आईतबार एक बिज्ञप्ति जारी गरी मंसिर २६ गते मध्य राति इँटा उद्योगका सञ्चालकहरूले मानिस लगाएर चिम्नीका कामदारमाथि कुटपिट गरेको समाचार प्रति बारा–पर्सा इँटा उद्योग व्यवसायी संघको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा जनाइएको छ ।

संघको निर्णय विपरित चाँडै चिम्नी संचालन गर्न खोज्ने सुपर इँटा उद्योगका संचालक सरोजकुमार यादवसंग छलफल मात्र भएको जनाइएको छ । कामदारमाथि कुटपिट नभएको सँघका अध्यक्ष ओमप्रकाश यादवद्वारा हस्ताक्षरित ज्ञिप्तिमा जनाइएको छ ।

सुपर इँटा उद्योगका सञ्चालक यादवलाई संघले पटकपटक इँटाभट्टा सञ्चालनमा रोक लगाए पनि नमानेको विज्ञप्तिमा लेखिएको छ । संघको निर्णयलाई लत्याएकोले समस्या खडा भएको बिज्ञप्तिमा जनाइएको छ ।

संघको सह कोषाध्यक्ष समेत रहेका यादवले आफैले बनाएको नियम आफैले पालना न गर्दा समस्या उत्पन्न भएको संघको ठहर छ । माघ १ गते देखि ईटाभाठा संचालन गर्ने संघ र प्रदेशको देशव्यापी निर्णय रहेको छ ।

माघ २५ गते जिल्लाको निर्णय बिरुद्ध सुपर ईटाले मंसिरमै ईटा भाठा संचालन गर्न खोज्दा समस्या भएको संघको भनाई छ ।

आफना कमदारलाई आफैले लुक्न लगाई सुपर ईटाले संघका सदस्य सोना इँटा उद्योगका संचालक ओमप्रकाश यादव,शिवम् इृटा उधोगका फुलवरियाका सञ्चालक जीतेन्द्र मिश्र,प्रीति इँटा उद्योग,डोकैलाका सञ्चालक सुरेन्द्र ठाकुर,अनमोल इँटा उद्योग,डोकैलाका सञ्चालक बृजमोहन साह रौनियार र एभिएस इँटा उद्योग,चैनपुरका सञ्चालक रोहित यादवलाई विपक्षी बनाइ उजूरी दिने कार्य गरेको जनाइएको छ ।

सो उजूरी दिने काम घृणित र गलत भएको संघले  ठहर गरेको छ ।संघ भित्रको बिवादलाई व्यक्ति विशेष बनाएर सुपर ईटा उद्योगले अनावश्यक विवाद खडा गरेको जनाइएको छ ।

यादवले संघ भित्रको विवादलाई अनावश्यक मिडियावाजी गरी संघको प्रतिष्ठा माथि नै आँच पु¥याउने तथा संघको निर्णय बिरुद्ध गतिबिधि गर्ने सुपर ईट्टा उद्योगका संचालकलाई संघको विधान अनुरुप कारवाही गरिने पनि बिज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

संघले सुपर ईटा उद्योगलाई वार्ता र संवादको मार्फत समस्या समाधान आग्रह गरेको छ ।केही दिन अघि समय अगावै इृटा भटा बालेको भन्दै कामदारहरुलाई कुटपिट गरी भारततर्फ लखेटिएको समाचार वीरगञ्जका सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित भएको थियो ।

Leave a review