डुमरवाना क्लबले उचाल्यो प्रथम डुमरवाना भेट्रान कपको उपाधि

रञ्जन यादव
498 पाठक संख्या

प्रथम डुमरबाना भेट्रान प्रतियोगिताको आयोजक डुमरवाना भेट्रान क्लबले भेट्रान कपको उपाधी उचालेको छ ।

डुमरवाना खेल मैदानमा भएको फाइनल खेलमा वीरगन्ज सिटी भेट्रान क्लबलाई ५–० ले स्तब्ध पार्दै आयोजकले उपाधी उचालेको हो । उपाधीसंगै आयोजकले एक लाख नगद हात पारेको छ । उपविजेता वीरगन्जले ५० हजार प्राप्त गरेको छ ।

विजेता र उपविजेता टिमका खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल,सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ,वडा नं. १५ का अध्यक्ष रामप्रसाद लामिछाने,वडा नं १३ का वडाध्यक्ष हेमनारायण चौधरी, आयोजक क्लबका अध्यक्ष भरत पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।

मंसिर १९ गतेदेखी सुरु भएको प्रतियोगितामा बारा,पर्सा, मकवानपुर,नवलपरासी र सर्लाहीका गरी १२ टिमको सहभागिता रहेको थियो । भेट्रान कप ४० बर्ष भन्दा माथि उमेर समुहले खेल्ने प्रतियोगिता हो ।

Leave a review

This will close in 0 seconds