सिजि कप फुटबलमा डिल्ली पब्लिकको बिजयी शुरूवात

साझेदारी दैनिक
289 पाठक संख्या

नवराज चौलागाईं/

सस्करणको सिजि कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको नवौं संस्करणमा डिल्ली पब्लिक स्कुल वीरगंज बाराले बिजयी शुरूवात गरेकोछ ।

डिल्ली पब्लिक स्कुल वीरगंज बाराको मैदानमा बुधबारदेखि शुरु भएको प्रतियोगितामा डिल्ली पब्लिकले डिएभी स्कुल वीरगंज पर्सालाई ४–० गोल अन्तरले पराजित गरेकोहो ।

डिल्ली पब्लिकको जितमा ४ वटै गोल गरेका प्रनिष श्रेष्ठ खेलको प्लेयर अफ द म्याच घोषित भए । पौष १३ गतेसम्म संचालन हुने प्रतियोगितामा पर्साका ९,बाराका ५,मकवानपुर र चितवनका १÷१ गरि कुल १६ वटा बिद्यालयले प्रतिस्पर्धा गर्नेछन ।

चौधरी समूहको सिजि एजुकेसनको व्यवस्थापनमा संचालित प्रतियोगिताको बिजेता बिद्यालयले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपबिजेता हुने बिद्यालयले सात हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको बुधबार नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल डायमण्ड कार्किले उद्घाटन गरेका थिए ।

Leave a review