श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव उद्घाटनको अवसरमा निजगढमा भोलि सार्वजनिक बिदा

संदिप प्रसाद यादव
309 पाठक संख्या

कलैया । बाराको निजगढ नगरपालिकाले माघ २१ गते बुधबार (भोलि)स्थानीय सार्वजनिक विदा दिएको छ।

निजगढ नगरकार्यपालिकाको माघ १४ गते बसेको बैठकको निर्णय अनुसार सार्वजनिक विदा दिएको हो। माघ २१ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ को उद्घाटन समारोहलाई दृष्टिगत गर्दै उक्त दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमले जानकारी दिएका छन्।

निजगढ नगरपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू तथा शैक्षिक संस्थाहरू बुधबार बन्द रहने नगरपालिकाले जनाएको छ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल तथा श्रीकृष्ण प्रणामी धर्म महा महोत्सव –२०८२ मूल समारोह समितिको आयोजनामा सात दिने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव निजगढमा हुदै छ।

Leave a review