बाजा गाजासहित वीरगञ्जबाट निस्केको जलयात्राको कलैयामा भव्य स्वागत तथा बिदाई

संदिप प्रसाद यादव
377 पाठक संख्या

भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा बाजागाजासहित जलाभिषेकका लागि वीरगञ्जको गहवामाई मन्दिरबाट निस्केको ’जलयात्रा’ को बाराको सदरमुकाम कलैया स्थित रहेको हनुमान मन्दिरमा भव्यता साथ स्वागत गरि बिदाई गरिएको छ ।

माघ ८ गते का दिन भारतको अयोध्यामा निर्मित श्री राम मन्दिरमा नेपालको विभिन्न विश्व प्रख्यात नदिहरुको पवित्र जल लिन वीरगंजबाट बाराको प्रसौनी र कलैया हुदै जनकपुर पुग्ने छ ।

जनकपुरको जानकी मन्दिरमा पूजा आराधना गरी उक्त जलयात्रा बाराको निजगढ,पथलैया र जितपुर सिमरा हुदै पुनः वीरगञ्जमा आई अयोध्याको लागि प्रस्थान गर्ने जनाइएको छ ।

बाराको सदरमुकाम कलैयामा मंगलवार उक्त जलयात्राको भव्यताका साथ् स्वागत गरि कलैया नगरभर परिक्रमा गरिएको थियो।

यस्तै नगर परिक्रमा गरेर हनुमान मन्दिरमा पुजापाठ पनि गरिएको कलैया उपमहानगरपालिकाका वार्ड नम्बर –१ का वडा सदस्य शशी दासले जानकारी दिएका छन । “उक्त पुजापाठ पछि सम्मानका साथ हामीले जलयात्राको विदाई गर्यौं“ दासले बताए ।

जलाभिषेकको लागि निकालिएको जलयात्राको आयोजक विश्व हिन्दु परिषद् नेपाल र श्री गहवामाई रथ यात्रा समिति रहेको छ । उक्त दिन भारतमा देशभर पुजा आराधाना,रामचरित्रमानस् पाठ र दिपोत्सव मनाइने छ। नेपालमा पनि भारत जतिकै उत्साह र उमंग छ ।

Leave a review

This will close in 0 seconds