लाखौं मूल्यको अवैध सामान सहित ट्रक प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
368 पाठक संख्या

बारा प्रहरीले लाखौं मूल्य बराबरको अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नरेशबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले सो सामान बरामद गरेको हो ।

वीरगंजबाट बाँके तर्फ जादै गरेको ना ४ ख ५४०६ नम्बरको ट्रकलाई जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोकमा रोकी चेक जाँच गर्ने क्रममा लाखौं मूल्य बराबरको अबैध सामान सहित प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ ।

सो ट्रकमा बिलबिजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मूल्य रू. ६३ लाख ५३ हजार ३ सय ८१ रूपैया बराबरको मोबिल,हाडवेयर,कपडा,पलास्टिक,औषधी,किराना आईटम लगायतका अन्य खुद्रा सामानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

हाडवेयर लगायतका अन्य खुद्रा सामानहरूसहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय,पथलैया बारामा पठाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

Leave a review