बालुवा निकाल्ने ट्रयाक्टर र तस्करीको काठ नियन्त्रणमा

साझेदारी दैनिक
302 पाठक संख्या

पर्साको पर्सागढी नगरपालिकामा रहेको खोलाबाट अबैध रुपमा बालुवा निकाल्ने एउटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सागढी नगरपालिका–३ स्थित कर्जनहा खोलाबाट अबैध रुपमा उत्खनन् गरेको बालुवा सहित ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको ट्रयाक्टरको नम्बर खुल्न सकेको छैन। प्रहरी चौकी मिलन चोकबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका ३१ ईस्लामपुरबाट दुई फिटको गोलाई र पाँच फिट लम्बाई भएको सालको गोलिया काठ बरामद गरेको छ ।

त्यस्तै पर्सागढी नगरपालिका–३ वडनिहारबाट प्रहरीले सालको काठको काचो दाउरा पाँचवटा साइकल ल्याउदै गर्दा नियन्त्रणमा लिएको छ ।

दाउरा ल्याउनेहरु भने प्रहरीलाई देखेपछि फरार भएको तथा साइकल र दाउरा सब डिभिजन वन कार्यालय बडनिहारको जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जानकारी दिएको छ।

Leave a review

This will close in 0 seconds