Sajhedari Daily
Latest News from Nepal

साथीको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ

काठमाडौंबाट वीरगञ्ज आएका एक युवकको लुटपाट गरि हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले लाईसेन्स नविकरण गराउन आएका युवकको हत्या गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–७ रामटोल बस्ने २५ बर्षिय राहुल महर्जन, २७ बर्षिय विक्की भन्ने दिप लामा तामाङ र बाराको फेटा गाउँपालिका–३ बस्ने धनन्जय रजकलाई पक्राउ गरेको हो ।
उनीहरुले सर्लाही लालबन्दी नगरपालिका–१ घर भई काठमाण्डौँको गोंगबु बस्ने २७ बर्षिय सुजन भन्ने ज्ञानु पाख्रिनलाई वीरगञ्ज बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राहुल महर्जनको साथी पर्ने मृतक पाख्रिन आफना अन्य दुई जना साथीसहित बितेको १३ गते वीरगञ्ज आएका थिए ।

वीरगञ्जको दीप लामा तामाङको खाली घरमा मादक पदार्थ सेवन गरि बसेका थिए ।सो क्रममा मृतक पाख्रिनलाई थप बियर किन्ने बहाना बनाई पक्राउ परेका तीनै जनाले वीरगञ्जको रामटोलस्थित एकान्त स्थानमा लगी घाँटी अँठ्याई हत्या गरेर लुटपाट गरेका थिए । उनीहरुले पाख्रिनको साथमा रहेको सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार लुटपाट गरि रवि सर्राफले राखेको तथा तीनै जना तत्काल फरार भएका थिए।

हत्या गरि फरार भएका तीनै जनालाई नियन्त्रणमा अनुसन्धान गर्दा दीप लामा तामाङले घटनास्थल नजिकै नालामा लुकाएको सुनको सिक्रीको टुक्रा बरामद भएको पर्सा का प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन ।

पक्राउ परेका तीनैजनालाई कर्तव्य ज्यान सम्बन्धी कसूरमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खनालले बताए ।साथै लुटपाटको धनमाल लिएर फरार भएका रवि सर्राफको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Comments are closed.