नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीलाई पितृ शोक

साझेदारी दैनिक
592 पाठक संख्या

कलैया । नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीलाई पितृ शोक परेको छ ।

अध्यक्ष सुवेदीका बुबा ज्ञान बहादुर सुवेदीको ९० वर्षको उमेरमा बुधबार बिहान ९ः३० बजेको समयमा निधन भएको हो।

उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ।

यसैबीच ज्ञानबहादुर सुवेदीको दिउसो १ बजे कलैया बघवन पसाहा खोला तटमा अन्तिम संस्कार गरिने भएको परिवारले जनाएको छ।

Leave a review

This will close in 0 seconds