बाराको सिमरामा शुभारम्भ कोरियन भाषा तालिम केन्द्र संचालनमा आएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडान नम्बर १ स्थित ईलाका प्रशासन कार्यालय अगाडी संचालनमा आएको हो ।
शनिवार उक्त कोरियन भाषा तालिम केन्द्रको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख भोला प्रसाद अधिकारीले एक कार्यक्रमवीच उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख अधिकारीले अहिले बैदेशिक रोजगारीमा जान युवाहरुको ताँती लगेको बताए । उनले सकेसम्म नेपालमा नै केही गर्न तर वैदेशिक रोजगारीमा जानै परे भाषा र सिप सिकेर जान गर्न युवाहरुलाई आग्रह गरे ।
भाषा र सिप भए विदेशमा दुख नपाईने उनले बताएका छन । अन्य मुलुक भन्दा दक्षिण कोरिया रोजगारीका लागि उपयुक्त रहेको बताउदै गुणस्तरीय सिकाईमा ध्यान दिन आग्रह गर्नुभयो ।
संचालक प्रेम पाण्डे स्वय ६ बर्ष कोरिया बसेर आएका छन । कोरियाको अनुवभलाई सिपको रुपमा विकास गर्ने र आफ्नै ग्रामर बुम भएको,डिजिटल बोर्डको माध्यमबाट पाढाईने र आफ्नै मोवाईल एपबाट हरेक दिन एक्जाम सहितको कक्षा संचालन गरिने संचालक पाण्डेले बताए ।
शुभारम्भ कोरियन भाषा तालिम केन्द्रका संचालन प्रेम पाण्डेका अध्यक्षतामा आयोजित उक्त उद्घाटन कार्यक्रममा स्वागत राजेश बछारले तथा कार्यक्रमको संचालन सन्तोष पाण्डेले गर्नुभएको थियो ।


