गढीमाई मन्दिरको संरक्षणका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री लेखक

साझेदारी दैनिक
290 पाठक संख्या

कलैया : नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरस्थित गढीमाई मन्दिरमा बुधवार पूजाअर्चना तथा दर्शन गर्ने क्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।

विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पु-याएको भन्दै गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरकारले विशेष पहल गर्ने समेत गृहमन्त्री लेखकले बताएका छन् ।

गृहमन्त्री लेखकले महागढीमाई नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दे गढीमाई मेलामा गृह मन्त्रालय बाट मेला सुरक्षामा कुनै किसीमको कमी कमजोरी नहुने बताए ।

यसका लागि नेपाल सरकार र प्रहरी प्रशासन बाट पुर्ण रुपले सहयोग हुने उनले बताए ।उनले सुरक्षाकर्मीलाई मेला मुल ब्यवस्थापन समिति संग निरन्तर समन्वय गरेर अगाडी बढन निर्देशन दिए । मेलालाई मर्यादित,शान्तिपुर्ण र सुब्यवस्थित गर्नका लागि सबैलाई मिलेर काम गर्न मन्त्री लेखकले आग्रह गरे ।

यसैवीच गृहमन्त्री लेखकले बुधवार नै बारा र पर्साका प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुखसँग यसबारे छलफल गर्नुका साथै गढीमाई मेलामा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।

उनले गढीमाई मेलालाई व्यवस्थित बनाउन सुरक्षाको दृष्टिकोणले कुनै कसर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन समेत दिएका छन ।

मेलामा दर्शनार्थीको चाप बढी भएमा आवश्यक परेको अवस्थामा थप सुरक्षाकर्मी खटाउन र सुरक्षा निगरानीका लागि सीसीटीभी क्यामेरा लगायत उपकरणको प्रयोगमा ध्यान दिन जिल्लास्थित सुरक्षानिकायलाई निर्देशन दिए ।

नेपाली काग्रेसका सह महामन्त्री फरमुल्लाह मन्सुर,मधेश प्रदेशका काग्रेसका सभापति कृष्ण यादव,उपसभापति चन्द्रशेखर कुमार यादव,नेपाल प्रहरी डिआइजी लालमणि अचार्य,सशस्त्र प्रहरीका डिआईजी कालीदास धौईजी,गढीमाई नगरपालिकाका नगर प्रमुख नगर प्रमुख एवम् मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादव,बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी,नेपाल प्रहरीका एसपी महेन्द्र खडका,अनुसंन्धानका प्रमुख दिपक खडका लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds