कलैया : पर्साको वीरगञ्जमा लगाइएको निषेधाज्ञा शुक्रबार देखि हटाइएको छ।
जिल्ला सुरक्षा समितिको मिति २०८१–१२–३१ गतेको निर्णयानुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम लगाइएको निषेधाज्ञा हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका हुन्।
पर्साकोे वीरगञ्ज महानगरपालिकाको पूर्व–बाईपास रोड,पश्चिम–सिर्सिया पुल,उत्तर–गण्डक चौक र दक्षिण–शंकराचार्य गेट भित्र पर्ने क्षेत्रमा निषेधाज्ञाको आदेश जारी भएको थियो।
जिल्ला सुरक्षा समितिको मिति २०८२–०१–०४ गतेको निर्णयानुसार मिति २०८२–०१–०५ गते विहान ७ः०० बजे देखि लागू हुने गरी उक्त निषेधाज्ञा हटाइएको हो।

