सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास तथा भूमिपूजन सोमबार भएको छ ।
सो भूमिपुजन तथा तथा शिलान्यास जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले गरेका छन् ।
सो अवसरमा उनले दक्ष जनशक्ति उत्पादन गरी मधेश कृषि विश्वाविद्यालयले आर्थिक समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । राजविराज नगरपालिका वडा नम्बर १३ स्थित विसहरियामा सो कार्यक्रम भएको हो । वर्षौंंदेखिको सपना साकार हुन पाएकोमा उनले खुशी व्यक्त गरे ।
राजविराजमा कृषि विश्वविद्यालयको भूमिपूजन एवम् शिलान्यास गर्न पाउदा आपूm अत्यन्तै हर्षित भएको उनले बताए । दक्ष जनशक्ति उपादन गरी कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै रोजगारी तथा आर्थिक समृद्धिमा योगदान मिल्नेमा विश्वस्त रहेको उनले बताएका छन् । समारोहमा अपार सहभागिताले आफुमाथि जिम्मेवारी थएिको उनले बताए ।
यस कार्यमा सहयोग पु¥याउने सबैलाई उनले धन्यवाद् दिए । निर्माण कार्य सम्पन्न गरी लक्ष्य प्राप्ति तर्फ बढ्न विश्वविद्यालयलाई शुभकामना दिए । उनले आफुबाट हुनसक्ने सहयोग र पहलकदमी लिन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
यस अघि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जनप्रतिनिध रहँदा कृषि विद्यालय,नर्सिङ्ग कलेज,रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान,इन्जिनियरिङ्ग कलेज,५० बेडको गजेन्द्रनारायण सिंह अस्पताललाई ४२० बेडमा स्तरोन्नती गर्दै सुविधासम्पन्न भवन निर्माण,सामुदायिक विद्यालयहरुमा पक्की भवन,आधा दर्जन पक्की सडकका कामहरु उनले गरेका छन् । कृषि विश्वविद्यालय समेत उनकै पहलमा प्रदेश सरकारको आर्थिक सहयोगमा अगाडि बढेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कृषि विद्यालय प्रदेश सरकारको गौरवका योजना रहेको जनाए । उनले यस विश्वविद्यालयलाई आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले विश्वविद्यालय परिवारलाई उच्च मनोबलका साथ अगाडि बढन् निर्देशन दिए ।
पूर्व मुख्यमन्त्री लालबाबु राउतले आफु मुख्यमन्त्री हुँदै उपेन्द्र यादवकै निर्देशनमा राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको स्मरण गरे । प्रतिकुल अवस्थाका बावजुद पनि प्रदेश सरकारले यसलाई प्रदेश गौरवको योजनामा राखेको उनले जनाए ।
उनले देशकै उदाहरणीय विश्वविद्यालयको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपानेले मधेश प्रदेशको सप्तरी जिल्लामा विश्वविद्यालथ स्थापना हुनु र भवन निर्माणको पनि शिलान्यास हुनु गौरवको कुरा भएको बताए ।
कृषिबाटै प्रदेश र देशको आर्थिक समृद्धि हुने उनले जनाए । यसलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । विश्वविद्यालयका उपकुलपति डा.वैद्यनाथ महतोले स्थापनादेखि शिलान्याससम्मको गतिविधिहरुबारे जानकारी गराए ।
मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष ०७८÷०७९ मा १ अर्ब ४९ करोड रुपैयाँ वहुवर्षिय योजना शीर्षकमा सुनिश्चित गरेको थियो । सोही अनुरुप भवन निर्माणका लागि गत आर्थिक वर्षमा ३९ करोड पठाइएको छ । चालु आर्थिक वर्षमा ३० करोड विनियोजन गरिएको छ ।
विश्वविद्यालयको २६ बिघा आठ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणका लागि एकअर्ब रुपैयाँमा ठेक्का बन्दोबस्त गरिएको विश्वविद्यालयका रजिष्ट्रार श्रीभगवान ठाकुरले जानकारी दिए ।
विश्वविद्यालयको शिलान्यास जसपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवबाट हुने निश्चित भएपछि जनमत पार्टीले विरोध जनाउँदै आएको थियो । मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवको नेतृत्वमा शिलान्यास स्थलमा जनमत पार्टीका कार्यकर्ताहरुले विरोध जनाएका छन् ।
कार्यकर्ताहरुका साथ नाराबाजी गर्दै सुरक्षा घेरा तोड्ने क्रममा प्रहरीले सामान्य बल प्रयोग गर्दा मन्त्री यादवको टाउकोमा सामान्य चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ढुण्ढीराज न्यौपानेले उनको अवस्था सामान्य रहेको छ ।


