अनुदानको सहकारी मल कालोबजारी गरी बिक्रि बितरण गर्ने दुई जनालाई पक्राउँ

साझेदारी दैनिक
साझेदारी दैनिक 678 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बारा प्रहरीले अनुदानको सहकारी मल कालोबजारी गरी बिक्रि बितरण गर्ने दुई जनालाई आज कलैयाबाट पक्राउँ गरेको छ ।
पक्राउँ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.१७ बस्ने कुशवाहा बिज भण्डारका सञ्चालक बर्ष ३४ का मुरारी साह तेली र आसकामिनीमाई कृषि सहकारी संस्था कलैयाका कर्मचारी धनन्जय साह रहेका छन् ।

उनीहरुले साल्ट ट्रेडिङगको नाममा मल लिई स्थानीय ब्यपारीलाई खरिद बिक्रि गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले साहलाई पक्राउँ गरी कलैया उपमहानगरपालिका वडा नं.१ स्थित कुशवाहा बिज भण्डारको गोदाम सिल गरेको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयोे।

पक्राउँ परेका दुबै जनाले आसकामिनीमाई कृषि सहकारी संस्था कलैयाको नाउँमा अनुदानमा मल नेपाली युरिया मलसँग मिसाई बिक्रि बितरण गर्दै आएका थिए । प्रहरीले उनको गोदामबाट साल्ट ट्रेडिङ्ग वीरगंजबाट खरिद गरेको युरिया मल १९ बोरा, सल्फेट १४ बोरा र भारतीय युरिया मल २२ बोरा गरी ५५ बोरा मल बरामद गरेको छ ।

पक्राउ परेका माथी कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय अन्तर्गत आवश्यक कार्बाही अगाडि बढाईएको प्रहरी प्रबक्ता मिश्रले जानकारी दिनुभयो ।

एक स्थानीयका अनुसार पक्राउँ परेका साहले आधा दर्जन भन्दा बढी कृषि सहकारी संस्था आफनो हातमा लिएको बताएका छन् । उनले लामो समयदेखि सञ्चालकहरुलाई कमिसनको प्रलोभनमा पारी महङगो मुल्यमा ब्यापारीहरुलाई मल बिक्रि गर्दै आएका छन् ।

समाचार शेयर गर्नुहोस
Leave a review