मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका सरोज कुमार यादव नियुक्त

साझेदारी डेलि
296 पाठक संख्या

बारा । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

प्रदेश प्रमुखको कार्यालयले आज शनिबार विज्ञप्ति जारी गर्दै यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको जानकारी दिएको हो।

यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्मको समयसीमा तोकेर आह्वान गरेका थिए।

तोकिएको समयभित्र कुनै पनि दल वा सदस्यले बहुमतको दाबी पेस नगरेपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतले जसपा नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Leave a review