बाराको जीतपुरसिमरा उपमहानगरपालिका १८स्थित वडहर्वामा संचालित तेस्रो मनहर्वा गोल्डकप दोस्रो खेल आईतवार फराकिलो अन्तरले रिगल रिसोर्ट हेटौंडाले जित हात पारेको छ ।
मौवादेवी खेल मैदानमा भएको खेलमा रौतहट फूटबल क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै जित निकालेको हो । जितसंगै रिगल हेटौडा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडाका लागि एलिश क्षेत्रीले ह्याट्रिक गर्दै फराकिलो जीत निकाल्न सफल भएको हो । हेटौंडाका लागि सुदिप सापकोटा र सरोज राईले थप दुई गोल गरेका थिए । खेलको करिब १० औं मिनेटमा हेटौडाका सुदिपले पहिलो गोल गर्दै टिममलाई अग्रता दिलाएका थिए ।
यता रौतहट फूटबल क्लबलाई भने राजु पहरीले शुरुमा एक गोल गर्दै खेल बराबरीमा राख्ने प्रयास गरेका थिए । राजुले खेलको ३९औं मिनेटमा गोल गर्दै खेलबराबरीमा ल्याएका थिए । पहिलो हापसम्म खेल निकै कडा प्रतिस्पर्धात्मक देखिएको थियो
तर दोस्रो हापपछि भने पटक पटक गरि हेटोडाले थप ४ गोल गरेसंगै रौतहटले फराकिलो अन्तरले हार व्यर्होनु परेको थियो । हेटौडका एलिशले खेलको ६७ औं मिनेट, ७८ औँ मिनेट र ८१ औं मिनेटमा लगातार तीन गोल गर्दै ह्याट्रिक गर्न सफल भएको थिए ।
आईतवारको खेलमा ह्याट्रिक गर्न सफल हेडौडाका एलिश क्षेत्रीे म्यान अफ दि म्याच घोषित भएका छन । उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का वडाअध्यक्ष चतुरबावु वाग्लेले पुरस्कृत गरेका थिए ।
मौवादेवी युवा क्लबद्धारा आयोजित प्रतियोगिता अन्तर्गत सोमबार हानामी एफसी चितवन र वीरगन्ज युनाईटेडबीच खेल हुने आयोजकले जनाएको छ ।

