राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा बाराको बिशम्भरपुरमा बाँसका बिरुवा रोपण

रञ्जन यादव
586 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका–११ बिशम्भरपुर डिभिजन वन कार्यालय बाराको आयोजनामा राष्ट्रिय वृक्षारोपण दिवस २०८२ भव्यताका साथ सम्पन्न गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष अजय कुश्वाहा,नेपाल राष्ट्रिय आधारभूत विद्यालय बिश्मभरपुरका प्राचार्य मुकेश चन्द्र कुसवाहा,सम्पूर्ण शिक्षक–शिक्षिका,विद्यार्थी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दन कुसवाहा लगायत सम्पूर्ण विद्यालय परिवारको सक्रिय सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साहको प्रमुख आतिथ्यता र डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाको प्रमुख आतिथ्यताम सम्पन्न भएको हो।

त्यस्तै जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईको विशेष उपस्थिति रहेको थियो । राष्ट्रिय वृक्षारोपण दिवसकै अवसरमा जनसृजनशिल सामुदायिक बन उपभोक्ता समूहले बन कर्मचारीहरुको सहभागितामा बाँसका ६५१ बिरुवा रोपण गरेका छन्।

Leave a review