Sajhedari Daily
Latest News from Nepal

मालपोतमा बैँकको किर्ते सहिछाप गरी लाखौँ रुपैयाको भौचर दाखिला,जय चुुरियामाई लेखापढी सञ्चालन गर्ने लेखनदास महतो कहार फरार

रञ्जन यादब /
मालपोत कार्यालय सिमरामा बैँकको किर्ते सहिछाप गरी एक लेखापढी ब्यवसायीले आईतबार भौचर दाखिला गरेको पाईएको छ ।

जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित मालपोत कार्यालय सिमरा कार्यालय छेउमै रहेको जय चुुरियामाई लेखापढी सञ्चालन गरी बस्ने लेखनदास अवधेश महत्तो कहार बैँकको किर्ते सहि छाप गरी फरार भएका छन् ।

लेखनदास कहारले पुुँजीगत लाभ कर ५९ हजार ८ सय ५० रुपैया र राजस्व ४६ हजार ३ सय ८३ गरी जम्मा एक लाख ६ हजार २ सय ३३ रुपैया सिद्धार्थ बैँकको भौचरमा किर्ते सहि, छाप गरी मालपोत कार्यालयमा बुुझाएका थिए ।

मालपोत कार्यालयलाई भौचरको सही, छापमा शंका लागि अनुुसन्धान गर्दै जाँदा सिद्धार्थ बैँकको किर्ते सही र छाप गरिएको भेटिएको मालपोत कार्यालय सिमराका प्रमुुख मनोज कुुमार खनालले बताएका छन । उहाँले आवश्यक कारवाहीको लागि बिभागमा पत्र पठाउँने जानकारी बताएका छन ।

जीतपुुरसिमरा उपमहानगरपलिका वडा नं.८ स्थित रमौलिमा रहेको जग्गा बिक्रि गर्न पुुगेका अन्हिया कोइरिन र खरिद गर्न पुुगेका बन्दी सिलवालसँग रकम लिई लेखनदास कहारले सो बापतको रकमको जाली भौचर मालपोत कार्यालयमा बुुझाएका थिए ।

लेखनदास कहार यस भन्दा अगाडि पनि पुुर्जा जालसाजी र बैङ्क दृष्टि बन्धक जालसाजी लगायतका कार्यमा दोषी साबित भएका ब्यक्ति हुुन् ।

नेपाल लेखापढी कानुुन ब्यवसायी एसोसियसन सिमराका उपाध्यक्ष राजेश बाबुु शर्माले संघका सदस्यहरुलाई अचारसंहिताको पालना गराउँन आफुुहरु पनि तदारुक्ताको साथ लागि परेको बताएका छन ।

गल्ती तथा जालसाजी गर्नेहरु कुुनै संघसंगठनको सदस्य हुुननसक्ने भएकाले त्यसता ब्यक्तिलाई कारवाही गरी सदस्यता सुुद्धिकरण गर्ने उपाध्यक्ष शर्माले जानकारी दिएका छन ।

प्रहरीले लेखनदास कहारको खोजी कार्य गरिरहेको छ । प्रहरीले उनको फर्मबाट नगद एक लाख १८ हजार ५ सय रुपैया बरामद गरेको छ ।