बिभिन्न मुद्दामा फरार रहेका २ जना प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
362 पाठक संख्या

बारा प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको हो ।

प्रहरीले डाका मुद्दामा अदालतबाट १३ हजार पाँच सय रुपैया जरिवाना पाएका बाराको देवताल गाँउपालिका वडा नं. ६ रौवाही बस्ने अन्दाजी ६८ वर्षीय जादोलाल राउतलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

त्यस्तै प्रहरीले लागू औषध चरेस मुद्दामा अदालतबाट १ महिना कैद र २ हजार रुपैयाँ जरिवाना पाएका आदर्शकोतवाल गाँउपालिका वडा नं.०१ चिउटाहा बस्ने अन्दाजी ६५ वर्षीय रउदी बैठा पनि पक्राउ परेका हुन् ।

बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds