कलैया उपमहानगरमा ४७ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने

संदिप प्रसाद यादव
430 पाठक संख्या

कलैया उपमहानगरमा ४७ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको छ ।

कलैया उपमहानगरपालिकाको सभा हलमा शुक्रबार स्वास्थ्य शाखाले आयोजना गरेको संचारकर्मीहरुसंग एक दिने अभिमूखीकरण कार्यक्रममा उक्त खोप अभियानका बारेमा जानकारी गराइएको हो ।

कलैया उपमहानगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको छ ।

उपमहानगरका २७ वटै वडामा दादुरा–रुबेला खोप अभियान सुरु गर्न लागिएको कलैया उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख अजय जयसवालले जानकारी गराए ।

फागुन १३ गतेदेखि सुरु हुने उक्त खोप अभियान अन्तर्गत पहिलो दिन श्री ३ चन्द्र माध्यमिक विद्यालयमा नगर प्रमुख बिनोद साह, सिसहनियामा उप मेयर रौशन प्रविण र दुर्गा नमुना माध्यमिक विद्यालयमा प्रमुख प्रशासकीय अधिकृत नाथु साहले उद्घाटन गरेर उक्त अभियान सुरु हुनेछ ।

शाखा प्रमुख जयसवालका अनुसार दादुरा–रुबेला विरुद्धको खोप अभियान अन्तर्गत पहिलो खोप केन्द्र बिद्यालय,दोस्रो बाहिरी खोप केन्द्र र अन्तिममा स्वास्थ्य संस्थामा लगाइने छ।

उक्त खोप अभियानका लागि उपमहानगरमा एक सय ७७ खोप केन्द्र र थप ६० वटा थप एडिसनल खोप केन्द्रको व्यवस्था गरिएको छ।

उक्त खोपमा नौ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई लगाईने छ। यस्तै छुटेका बालबालिकाहरुलाई पनि खोप दिइने शाखा प्रमुख जयसवालले बताए । खोप कार्यक्रमको लागि ५ सय प्रत्यक्ष,अप्रत्यक्ष भोलेन्टियर खटाइने छ भने खोप बायाँ हातमा लगाइने छ।

प्रमुख प्रशासकीय अधिकृत नाथु साहको अध्यक्षतामा सो अभिमुखिकरण कार्यक्रम भएको थियोे ।

Leave a review

This will close in 0 seconds