स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

साझेदारी दैनिक
339 पाठक संख्या

बाराको कलैयामा शुक्रबार बिहान स्कुल बसको ठक्कर ३ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत मुझफरपुर घर भई हाल कलैया उपमहानगरपालिका वडा नम्बर १ मोतीबाग निवासी विनोद साह सोनारका छोरा तीन वर्षीय कार्तिक साह सोनार रहेकोे जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।

वीरगञ्ज स्थित गुरुकुल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रब्क्ता पाण्डेले बताए ।

Leave a review