एमाले बाराले जिल्ला अधिवेशनको तयारीका लागि दियो जिम्मेवारी

साझेदारी दैनिक
332 पाठक संख्या

नेकपा एमालेको जिल्ला सचिवालय बैठकले चैत्र १९ र २० गते हुने जिल्ला अधिवेशन सफल बनाउन जिम्मेवारी बाँडफाँड गरेको छ ।

एमाले सचिवालयको शनिबार बसेको बैठकले विभिन्न उपसमितिहरु गठन गरेकोे छ ।

कलैयास्थित पार्टी कार्यालयमा बसेको बैठकले जिल्ला अध्यक्ष विनोद साहलाई राजनीतिक प्रतिवेदन तयार गर्ने उप समितिको संयोजकको जिम्मेवारी दिएको छ ।

यस्तै एमाले बारा उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख टिना सुवेदीलाई प्रचार तथा अतिथि सत्कार उपसमितिको संयोजकको जिम्मेवारी बैठकले दिएको छ ।

एमाले बारा सचिव अध्यानन्द पाण्डेयलाई सांगठानिक प्रतिवेदन तथा प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी बैठकले दिएको छ । यस्तै बारा एमाले उपसचिव अमृत शर्मा बजगाईंलाई जनपरिचालन उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

एमाले बाराका उपसचिव भुलन चौधरीलाई स्वयंसेवक परिचालन उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ । जवाहिर अंसारीलाई मञ्च तथा आवास व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

भिखारी साहलाई खाना तथा नास्ता व्यवस्थापन उपसमितिको संयोजक बैठकले तोकेको हो ।

पार्टी र जनसंगठनबाट करिब ६ सय प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागी गराउने निर्णय सो बैठकले गरेको छ । अधिवेशनका लागि चैत्र ३ गते प्रतिनिधि परिषद् बैठक हुनेछ ।

चैत्र ७ गते प्रतिनिधि चयन गर्ने निर्णय बैठकले गरेको जिल्ला प्रचार विभाग प्रमुख सुवेदीले साझेदारी दैनिकलाई जानकारी दिईन् ।

जिल्ला अध्यक्ष साहको अध्यक्षतामा सो बैठक बसेको हो । बैठकमा पोलिटव्युरो सदस्य एवम् बारा १ का सांसद अच्युत मैनालीको सो बैठकमा विशेष उपस्थिति थियो ।

एमाले केन्द्रीय सदस्य बलबीर चौधरी, एकबाल मियाँ, मधेस प्रदेश सचिव मनोज पौडेल लगायत एमाले बाराका पदाधिकारी र सचिवालय सदस्यको सो बैठकमा उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds