कलैया । पर्साको जगरनाथपुरमा निशुल्क आँखा जाँच शिवीर सम्पन्न भएको छ।
सामाजिक संस्था दाइजो एवम सामाजिक कुरिति विरुद जागरण मंचको आयोजना तथा केडिया ऑखा अस्पतालको प्रविघिक सहयोगमा सो शिवीर भएको हो।
जगरनाथपुर गाउँपालिका वार्ड नंं. २ पाणेपुरको श्री ने रा प्रा विद्यालयको प्रांगणमा सो शिवीर भएको हो। वृजेश्वरप्रसाद चौधरीको अघ्यक्षतामा निशुल्क ऑखा शिविर सम्पन्न भएको छ।
केडिया ऑखा अस्पतालका डाक्टर रामदरेश साह लगायतका टिमले आँखा परीक्षण गरेको हो। सो शिवीरमा सामाजसेवी शिव कुमार साह,नरेश यादव,धर्मराज ठाकुर,चन्देशवर साह,प्रभा देवी लगायतको विशेष सकृयता रहेको थियो।
यी शिविर बाट कूल १८३ जना लाभान्वित भएका छन। भने ४७ जनामा मोतियाविन्दुको लक्षण देखा परेको छ। ३७ जना लाइ ड्रप पनि दिइयो।
यसरी यी मोतियाविन्दुका २५ जना विरामीलाई २५ गते सोमवार का दिन परवानीपुरमा रहेको केडिया ऑखा अस्पतालमा लगी औषधी चश्मा ब्लड टेस्ट लेन्श लगायत पुरै निशुल्क नै शल्यक्रिया गरिने जानकारी दिइएको छ।
विरामीलाई आउ जाउ गर्नको लागी सवारी साधनको ब्यवस्था वृजेश्वर प्रसाद चौधरीले आफ्नै तर्फ बाट गरेको जनाइएको छ।

