रौतहट जिल्लामा छुरा प्रहार गरी एक जना युवकको हत्या भएको छ।
जिल्लाको ईशनाथ नगरपालिका वडनम९ लवातना गाउँका कईममिया मन्सुरीको छोरा अन्दाजी वर्ष १८ का सहबाज मिया आलमको पेटमा धारिलो हतियार छुरा प्रहार गरी हत्या भएको हो ।
प्रहरीको अनुसार ईशनाथ २ औरेया स्थित आँपको बगैँचामा युवक घाइते अवस्थामा देखेर मंगलवाराति साढे ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमा शंकर गुप्ताको कमान्डमा १० जना र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट औरेयाबाट इन्स्पेक्टर दिल बहादुर महराको कमान्डमा ७ जनाको संयुक्त टोली ९ बजेर ३८ मिनेटमा घटना स्थलमा पुग्दा युवकको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाईएको छ ।
युवकको जघन्य हत्या भएको खबर अनुसार राति नै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहितको टोली री सहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको रौतहट प्रहरीकी प्रबक्ता एवम् डिएस्पी एलिजा गिरीले जानकारी दिइन् ।
प्रवक्ता गिरीका अनुसार मृतक आलमलाई गाउँकै केही साथीहरूले मङ्गलवार साँझ ७ बजे केही काम छ भनेर घरबाट बोलाएर लागेका थिए। त्यसपछि उनको पेटमा छुरा प्रहार गरी हत्या प्रारम्भिक अनुसन्धानले देखाएको गिरीले बताईन ।
प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका चारै जना मृतकका साथी हुन् । उनीहरू लागु औषध प्रयोगकर्ता भएको प्रहरीको अनुमान छ ।
हत्याको कारण भने हालसम्म खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


