दुधको भुक्तानी नपाएपछि किसानहरु उत्रिए सडक अवरोधमा

साझेदारी दैनिक
510 पाठक संख्या

बाराका दुग्ध किसानहरु आन्दोलित भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाराको निजगढस्थित शहीद चोकमा विहीवार किसानहरुले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् ।

केन्द्रीय दुग्ध सहकारी संघको पूर्व घोषित विरोध कार्यक्रम अन्तगर्त बारामा किसानहरु आन्दोलित भएका हुन । दुग्ध क्षेत्रमा देखिएका समस्या र समाधानका लागि केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले चरणबद्द आन्दोलनको घोषणा गरेको थियो ।

विभिन्न नारा सहित निजगढस्थित शहीद चोकमा भेला भएरका जिल्ला भरका दुग्ध किसानहरुले सडकमै प्रदर्शन गर्दै दुई घण्टा सडब अवरुद्ध गरि विरोध जनाएका हुन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ बाराको आयोजनामा भएको उक्त आन्दोलनमा जिल्लाभरका दुग्ध किसान तथा दुग्ध सहकारी संस्थाका प्रतिनिधि सहभागि भएको पंचामृत दुग्ध उत्पादक सहकारी संस्था जीतपुरसिमरा १७ का अध्यक्ष चुडाहरी अधिकारीले बताए ।

निजगढको शहिद चौकमा बिहान १० बजे देखि १२ बजेसम्म गरी दुई घण्टा चक्काजाम गरि दबाबमुलक कार्यक्रम सम्पन्न गरिएको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सचिव थानेश्वर सापकोटाले बताएका छन ।

.लामो समयदेखी दुग्ध विकास बोर्ड लगायत निजी डेरी उद्योगहरुले लामो समयदेखी दुधको भुक्तानी नदिपछि तथा अन्य विभिन्न समस्या देखिएपति दुधको भुक्तानी माग सहित देशभरका दुग्ध किसान सडकमा उत्रिएका छन् । देशभरका ७६ जिल्लामा विहीवार किसानहरुले एकसाथ सडक उत्रिएर आन्दोलन गरेका हुन ।

आफ्ना मागहरुलाई सम्बोधन नगरे केन्द्रीय दुग्ध सहकारी संघले अन्य थप संघर्षका कार्यक्रमहरु पनि गर्ने केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुँवरले जानकारी गराएका छन ।

Leave a review