परवानीपुर गाउँपालिका वडा नम्बर १ को रहरियाडिह स्थित रहेको नेपाल आधारभुत बिधालयमा विद्यालय सुधार योजना सम्बन्धी बैठक सम्पन्न भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा संरक्षण नेपाल र चाईल्ड नेपालको सहकार्यमा संचालित किशोरी सम्बाद कार्यक्रम अन्तरगत उक्त वैठक गरिएको हो । वडा अध्यक्ष मिश्री महतो विशेष उपस्थितिमा विद्यालयका प्रधानाध्यापक अजय मण्डलको अध्यक्षमा उक्त बैठक सम्पन्न भएको छ ।
वैठकमा वडा सदस्य प्रमोद केशरी,शारदा देवी,शिवरति कामी,परवानीपुर गाउँपालिकाको शिक्षा संयोजक रबिन्द्र मिश्रा, किशोरी सम्बाद कार्यक्रमका कार्यक्रम प्रमुख भिम कुमार राई, पुर्बविद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उमेश प्रसाद मण्डल, शिक्षकहरु,अभिभावकहरु लगायतको उपस्थितिमा कार्यक्रम वैठक सम्पन्न भएको फिल्ड सुपरभाइजर सुनेश्वर प्रसाद साहले जानकारी गराएका छन । वैठकमा किशोरी सम्बाद कार्यक्रमको उदेश्य बारेमा भिम कुमार राईले जानकारी दिनु भएको थियो ।