वीरगञ्ज : टयाँकरको ठक्करबाट वीरगञ्जस्थित ड्राईपोर्ट सडकखण्डमा एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ ।
ना ६ ख ७५०३ नम्बरको टयाँकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएका हुन्। मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१७ अलौ टोल बस्ने २४ वर्षीय किनु साह हुन् ।
टयाक्रले साहले चलाएको ना ३९ प ६९५१ नम्बरको मोटरसाईकललाई बिहीबार ठक्कर दिएको थियो ।
दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक साहलाई उपचारको लागि अस्पतालमा पठाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।
दुर्घटना पछि स्थानीयबासीहरुले बाटो अवरुद्ध गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिन घटनास्थलमा प्रहरी परिचालन गरि स्थितिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


