रामायण पाठ पारायण तथा हनुमान प्राण प्रतिष्ठा शरू

साझेदारी दैनिक
370 पाठक संख्या

बारा जीतपुरसिमरा उपमहानगरपालिका १६ खयरसल्लामा रहेको पशुपतिनाथ मन्दिरमा अखण्ड श्रीमद वाल्मीकिय रामायण पाठ पारायण तथा हनुमानको मुर्ति प्राण प्रतिष्ठा शूरू भएको छ ।

मन्दिर संरक्षण समिति खयससल्ला–झल्लको आयोजनामाबाट युवा बाचक हरिकृष्ण पौडेल एवं सहबाचक नवराज घिमिरेको मुखार विन्दुबाट अखण्ड श्रीमद वाल्मीकिय रामायण पाठ पारायण शुरू भएको हो ।

पाठपाराण पुर्वसंध्यामा शनिवार विहान ८ः०० बजे कलश यात्रा निकालिएको पशुपति मन्दिर संरक्षण समितिका अध्यक्ष रमेश चन्द्र घिमिरेले बताएका छन ।

कलश यात्रा रामजानकी मन्दिर बदाफरको परिक्रमा गरि दुई किलोमिटर उत्तरमा रहेको बालगंगा खोलाबाट जल उठाई जलेश्वर पर्यटकीय क्षेत्र जलेश्वर धाम,नवदुर्गा मन्दिर,कृष्ण मन्दिर र बह्मथान बाबाको परिक्रमा गरि पशुपति मन्दिरमा पुगी कलशयात्रा समापन गरिएको थियोे ।

कलश यात्रामा करिव पाँचसय श्रदालु भक्जनको उपस्थिति रहेको थियो । उक्त पाठ पारायण तथा हनुमानजीको मुर्ति प्राण प्रतिष्ठा कार्यक्रम चैत ०५ गते समापन हुने युवा सहबाचक नवराज घिमिरेले जानकारी दिएका छन ।

करिब चार लाख रूपैयामा निर्मित हनुमान जीको मुर्ति भारतको जयपुरमा निर्माण गरिएको र यो मुर्ति चुम्बकीय ढुग्ङाबाट निर्माण भएको संरक्षण समितिले जानकारी दिएको छ ।

Leave a review

This will close in 0 seconds