स्वर्गीय बनारसीलाल साहको छैठो पुन्य तिथिको स्मृतिमा सडसठ्ठी जनाले गरे रक्तदान

संदिप प्रसाद यादव
1.5k पाठक संख्या

बारा क्षेत्र नम्बर –३ ख का पुर्व प्रदेस सभा सदस्य एवम् जसपा पार्टी नेपालका केन्द्रिय सदस्य पारस प्रसाद साहको  पिता स्वर्गीय बनारसीलाल साहको छैठौं पुन्य तिथिको  अवसरमा रक्तदान भएको छ ।

सो रक्तदान कार्यक्रममा तीन महिला एवम् ६४ जना पुरुष गरी ६७ जनाले रक्तदान गरेका छन् ।

कलैया उपमहानगरपालिका वार्ड नम्बर ४ स्थित साह निवास अगाडी पुरानो नापी शाखा कुमारी बैंक नजिक क्षेत्र नम्बर –३ ख का पुर्व प्रदेस सभा सदस्य एवम् जसपा पार्टी नेपालका केन्द्रिय सदस्य पारस प्रसाद साहले सो रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।

सो रक्तदान कार्यक्रमको सहयोगी गोपाल सेवा समिति बाराका अध्यक्ष एवम् समाजसेवी जंगबहादुर यादव रहेका  थिए ।

बारा क्षेत्र नम्बर –३ ख का पुर्व प्रदेस सभा सदस्य एवम् जसपा पार्टी नेपालका केन्द्रिय सदस्य  साहको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि स्व. बनारसी साहको धर्मपत्नी लालमती देवीले रक्तदान कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

प्रादेशिक अस्पताल कलैयाको ब्लड बैंकमा रगतको अभाव भएको बेला स्वर्गीय पिताको पुन्य तिथि स्मृतिको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको पूर्व प्रदेश सभा सदस्य  साहले बताए ।

समाजमा आफ्नो आमाबुवाको नामले विभिन्न समाजिक कार्य गर्न सकिने उदाहरण उनले दिए ।

प्रादेशिक अस्पताल कलैया ब्लड बैंकका इन्चार्ज राजाबाबु गुप्ताले
रक्तदान गर्नेहरुमा मुनि चौधरी,बिन्दु साह,साहिल पटेल,रबि गुप्ता,उदिप यादव,अनिल मण्डल लगायतको रहेको जनाए ।

रक्तदान जीवन दान हो भन्ने मूल नाराका साथ सुनिल कुशवाहा, प्रदिप कुमार साह,उपेन्द्र कुमार यादव,रोहन जैसवाल, वीरेन्द्र प्रसाद तेली,६ का अध्यक्ष रामबिश्वास ठाकुर,८ का वार्ड अध्यक्ष रन्जित चौरसिया,वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारी,काङ्ग्रेस युवा नेता प्रवीण पटेल,जसपा पार्टी बाराका युवा नेता शम्भु गुप्ता लगायतले रक्तदान गरेको समाजवादी युवा संघ बाराका अध्यक्ष सुजित पाण्डेले जानकारी दिए ।

उक्त रक्तदान कार्यक्रममा  संविधान सभा सदस्य प्रमोद गुप्ता,बारा क्षेत्र नम्बर –३ का पूर्व प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, प्रादेशिक अस्पताल कलैयाका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाई, वडा नम्बर ३ का अध्यक्ष मोहन कानु,४ का वार्ड अध्यक्ष रामेश्वर  यादव, प्रादेशिक कलैया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अजय कुमार गुप्ता, सामाजिक अगुवा महम्मद सगिर,नगर सभा सदस्य शशी दास,माओवादी केन्द्र बाराका नगर अध्यक्ष मुकेश साह,युवा तथा समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds