२ सय ७० किलो गाँजासहित भारतीय ट्रक र चालक प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
297 पाठक संख्या

बारा प्रहरीले २ सय ७० किलो गाँजासहित भारतीय ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१२ अमलेखगन्जबाट २ सय ७० किलो अवैध गाँजासहित मंगलबार एक भारतीय नागरिक र ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले एनएल ०१ एन ३०६३ नम्बरको भारतीय ट्रक हेटौंडाबाट पथलैया जाँदै गरेको ट्रकलाई नियमित सुरक्षा जाँचका लागि रोकि चेकजाँच गर्ने क्रममा ट्रकभित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको छ ।

पक्राउ पर्नेमा भारतको रामगढवा धनार दिउलीका १९ वर्षीय अन्तोस कुमार गिरी रहेको प्रहरीले जनाएको छ ।

उक्त लागू औषध गाँजा बरामद गरि ट्रक र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Leave a review